Comments Add Comment

परराष्ट्रको नयाँ प्रतिवेदन : यस्ता छन् दुई वर्षका प्रमुख उपलब्धि

२१ मंसिर, काठमाडौं । सन् २०१९-२०२० मा कूटनीतिक क्षेत्रमा भएका दुई दर्जन उपलब्धिहरुलाई समेट्दै परराष्ट्र मन्त्रालयले एक प्रतिवेदन तयार पारेको छ ।

सो प्रतिवेदनमा दुई छिमेकी मुलुक भारत र चीन दुवैसँग सम्बन्ध सुधार भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् सो अवधि चीनसँगको सम्बन्धमा ऐतिहासिक भएको समेत उल्लेख गरिएको छ ।

आज अपरान्ह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने सो प्रतिवेदनमा उल्लेख गरिएका उपलब्धिहरुलाई निम्न बुँदमा समावेश गरिएको छ ।

· नयाँ राजनीतिक नक्सा जारी

· नेपालको परराष्ट्र्र नीतिको एकीकृत दस्तावेज तयार

· नेपाल-भारत सीमाको डिमार्केसन सम्बन्धी कार्य अगाडी बढाउने पहल

· सिमापार पेट्रोलियम पाइप लाइनको निर्माण र एकीकृत भन्सार जाँच चौकीको निर्माण

· चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र त्यस क्रममा भएका महत्वपूर्ण सम्झौता र समझदारीपत्र

· विकास साझेदार मुलुक र अन्य संस्थासँग अझ गहकिलो इनगेजमेन्ट

· फ्रान्स, नर्वे र फिलिपिन्सँग दुईपक्षीय परामर्श संयन्त्रको निर्माण र अन्य आठ मुलुकसँग परामर्श संयन्त्रको बैठक

· सेन्ट लुसिया र घानासँग कूटनीतिक सम्बन्ध स्थापना, कूटनीतिक सम्बन्ध भएका मुलुकको जम्मा संख्या १६८

· अष्ट्रेलिया, इन्डोनेसिया, लाओस, म्यान्मार, पाकिस्तान, फिलिपिन्स र साइबेरियासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वषा गाँठमा विभिन्न कार्यक्रम

· राष्ट्रसंघ, असंलग्न आन्दोलन, जी ७७ र विश्व व्यापार संगठनमा सक्रिय सहभागिता

· सार्क, बिमस्टेक, एससिएओ र एसिडीमा सक्रिय सहभागिता

· राष्ट्रसंघको शान्ति स्थापना कार्यमा निरन्तर सहभागिता

· राष्ट्रसंघ मानव अधिकार परिषद सदस्यको रुपमा विश्वव्यापी मानव अधिकारको प्रवर्द्धनमा भूमिका

· कोभिड-१९ पछि विभिन्न देशमा रहेका अप्रवासी कामदारहरुलाई प्रभावकारी कन्सुलर सेवा

· नेपाली कामदारको घर फिर्तीको कार्यमा सहजीकरण

· एसियामा आप्रवासी कामदार पठाउने मुलुकहरुको चासो रक्षाका लागि कोलम्बो प्रोसेसको नेतृत्व र सक्रियता

· आइएलओको गर्भनिङ वडीको डेपुटी सदस्यको रुपमा आप्रवासी कामदारको रक्षाको लागि महत्वपूर्ण भूमिका

· विश्व व्यापार संगठनको एकीकृत फ्रेमर्वको वोर्ड सदस्यमा नियुक्त

· नेपालको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ युएनजिएको सेकेन्ड कमिटीको अध्यक्षको रुपमा नियुक्त

· नार्काेटिक ड्रग्स आयोगको सदस्यको रुपमा सन् २०२०-२३ को कार्यकालका लागि नियुक्त

· सगरमाथा संवाद आयोजना गर्न आधारभूमि तयार गर्ने काम सम्पन्न

· ब्रेन ग्रेन सेन्टरलाई सवलीकरण गर्ने गर्ने

· सुविधासम्पन्न पासपोर्ट वितरणको कार्य सम्पन्न

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment