+
+
Shares

अर्जेन्टिनामा कोरोना कोषमा सहयोगका लागि धनी मानिसहरुमाथि कर

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १२:४०

२१ मंसिर, काठमाडौं । अर्जेन्टिनाको संसद्ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि स्थापना गरिएको सरकारी कोषमा सहयोग गर्न नयाँ सम्पत्ति करको नियम पारित गरेको छ । यसरी संकलन गरिएको रकम स्वाथ्य सामग्रीहरुको खरिद र संकटग्रस्त व्यवसायहरुलाई राहत दिनका लागि प्रयोग गरिनेछ ।

शुक्रबार अर्जेन्टिनाको संसद्मा भएको मतदानमा यो सम्पत्ति करको पक्षमा ४२ जनाले मतदान गरेका थिए भने विपक्षमा २६ मत परेको थियो । नयाँ नियमअनुसार २४ लाख डलरभन्दा धेरै सम्म्पत्ति भएका मानिसहरुले यो कर बुझाउनुपर्नेछ ।

सम्पत्ति कर अर्जेन्टिनाका सबैभन्दा धनी १२ हजार मानिसलाई लागू हुनेछ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यो कानुनको आधारमा कोरोना भाइरस नियन्त्रणको लागि ३ अबै ७० करोड डलर संकलन हुने विश्वास व्यक्त गरेका छन् ।

संसद्को वेबसाइटमा उल्लेख गरिएअनुसार यो एकपटक मात्र संकलन गरिने कर हो । यो करको सहयोगमा अर्जेन्टिना कोरोना महामारीबाट बाहिर आउने विश्वास उक्त विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म अर्जेन्टिनामा १४ लाख ५० हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने ३९ हजार पाँच सयको यसबाट मृत्यु भइसकेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?