Comments Add Comment

नेकपाको एकता जोगाउन भन्दै कैलालीमा कार्यकर्ताको अनसन

२१ मंसिर, कैलाली । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको एकता जोगाउन माग गर्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।

पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारदेखि अनसन सुरु गरेका हुन् ।

नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आइतबारदेखि रिले अनसन सुरु गरेको बताए ।

‘पार्टी विभाजन हुनबाट रोक्नु पर्ने भन्दै अनसन बसेको हु’ उनले भने ‘अहिले सबै कार्यकर्ताहरूले नेतालाई दबाब दिन आवश्यक छ ।’

नेताहरूले व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने उनले माग राखेका छन् ।

सचिवालयबाट स्थायी कमिटीमा लैजाने निर्णय गरिएको दुवै अध्यक्षहरूको प्रतिवेदन फिर्ता लिएर छलफल चलाउनुपर्ने समेत उनको माग छ ।

पार्टी एकताको बाँकी काम अगाडि बढाएर महाधिवेशनसम्म जानुपर्ने पनि बोहराको माग छ ।

‘सङ्घीयता, गणतन्त्र र आन्दोलन उपलब्धीको रक्षाको लागि पार्टी एकबद्ध हुनुपर्ने माग राखेको छु’ उनले भने । प्रत्येक दिन बिहान १० बजे आउने ५ सम्म अनसन बस्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment