+
+
Shares

४ दिनमा ४७३५ जनामा संक्रमण, ५६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १६:४५

२१ मंसिर, काठमाडौं । पछिल्लो ४ दिनमा नेपालमा ४७३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबार (मंसिर १८ गते) देखि आइतबार (मंसिर २१ गते)सम्म २९ हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ४७३५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ७६४४ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । त्यस्तै यस अवधिमा ५६ जनाको मृत्यु भएको छ ।

आइतबार भने १०९६ जनामा संक्रमण पुष्टि भएको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३ हजार ५८१ रहेको छ । जसमध्ये ५ हजार १२१ जना संस्थागत आइसोलेसन र बाँकी होम आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?