
२१ मंसिर,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका -४ मा माहुरीको मह काढ्न गएका एक युवकको मृत्यु भएको छ । वडा-४ सुन्दरटोलका ३२ वर्षीय धावा भनिने दावा बोम्जनको रुखबाट खसेर मृत्यु भएको हो ।
वन माहुरीको मह काढ्न रुख चढेका उनको खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए ।
प्रहरी निरीक्षक साहका अनुसार बिहान १ बजे माहुरीको मह काढेर रुखबाट झर्ने क्रममा एक्कासी खस्दा उनी गम्भीर घाइते भएका थिए ।
गम्भिर घाइते भएका उनको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको साहले बताए । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4