Comments Add Comment

साउथह्याम्पटन पुनरागमन जितसहित पाँचौ स्थानमा उक्लियो

२३ मंसिर, काठमाडौं । साउथह्याम्पटनले प्रिमियर लिगमा ब्राइटनमाथि पुनरागमन जित हात पारेको छ । गएराती भएको लिगको एक मात्र खेलमा साउथह्याम्पटनले एक गोलले पछि परेको अवस्था उल्टाउ २-१ को जित हात पारेको हो ।

घरेलु मैदानमा पास्कल ग्रोसले २६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । साउथह्याम्पटनका जमेस वार्ड प्रावेसले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि ब्राइटनले पेनाल्टी पाएको हो । पहिलो हाफको ४५औं मिनेटमा जानिक भेस्टेरगार्डले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए ।

८१औं मिनेटमा ड्यानी इङ्ग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्पटनको जित पक्का गरे । केल वाल्कर पिटर्सलाई ब्राइटनका सोली मार्चले पेनाल्टी एरियामा फाउल गरेपछि भिएआर रेफ्रीको सहयोगमा साउथह्याम्पटनले पेनाल्टी पाएको थियो ।

जितपछि ११ खेलबाट २० अक जोड्दै साउथह्याम्पटन अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । जितपछि साउथह्याम्पटन प्रिमियर लिग इतिहासमा १००० अंक जो८्ने ११औं टिम समेत बनेको छ ।

११ खेलबाट १० अंक रहेको ब्राइटन १६औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment