+
+
Shares

सर्वदलीय बैठक बालुवाटारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते ११:४१
फाइल तस्वीर

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । केहीबेर अगाडि सर्वदलीय बैठक शुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । बैठकमा २६ जना सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ ।

सर्वदलीय बैठकमा राजसंस्था पुनस्थापनाका लागि देशभर भइरहेको प्रदर्शन, कोभिड महामारी लगायत समसायिक विषयमा छलफल हुनेछ ।
यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?