+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares
राजेन्द्र श्रेष्ठ हत्या प्रकरण  :

गाईबस्तु सार्दै गर्दा अपहरणमा परे, खोज्दै जाँदा जंगलमा शव भेटियो

हरि अधिकारी हरि अधिकारी
२०७७ मंसिर २३ गते १४:०१

२३ मंसिर, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका– १ बर्खेका मदन श्रेष्ठको घरमा सानो किराना पसल छ । उनको पसल नजिकै स्थानीय शिक्षक राजेन्द्र श्रेष्ठको घर छ । मंगलबार बिहान राजेन्द्र मदनको पसलमा रिचार्ज किन्न आए । राजेन्द्रलाई एकसय रुपैयाँको रिचार्ज दिएर मदन गाईबस्तु निकाल्न गोठतर्फ लागे ।

गाईबस्तुलाई गोठबाट सारी नसक्दै ६ जनाको समूहले राजेन्द्रलाई लिएर गएको खबर सुने । ‘म बस्तु सार्दै थिएँ । ६ जनाको समूहले उनलाई लिएर गयो भन्ने खबर आयो,’ उनले भने, ‘गाउँलेहरु भेला भएर खोज्न गयौं ।’

करिब साढे ६ बजेको समयमा काम छ भन्दै राजेन्द्रलाई अज्ञात समूहले घरबाट लिएर गएको थियो । त्यसपछि मदनसहितका ४÷५ जना गाउँले भेला भएर उनको खोजी गर्न जंगलतर्फ लागे । घरदेखि करिब पाँचसय मिटर पश्चिमतर्फ जंगलमा विभत्स अवस्थामा उनको शव भेटियो । ‘नचिनेका मान्छेले लिएर गएपछि हामी फर्काउन पर्छ भन्दै खोज्न गएका थियौं,’ उनले भने, ‘जंगलमा भुइँमा लडेको अवस्थामा उनलाई भेट्यौं, हेर्दा सबै रगताम्य थियो ।’

गाउँले पुग्दा उनको हत्या गरी उनीहरु फरार भइसकेका थिए । स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अगुवा कृषक र समाजसेवी पनि हुन् । ‘गाउँमा केही पर्दा उहाँ सहयोग गर्न सधैं अगाडि हुनुहुन्थ्यो,’ मदन भन्छन्, ‘हामीले अभिभावक गुमायौं ।’ उनले अज्ञात समूहका मान्छे को थिए भन्ने नजानेको बताए ।

शव भेटेपछि शोकाकुल भएका गाउँले प्रहरीको पर्खाइमा बसेका छन् । बिकट क्षेत्र भएकाले प्रहरी आउन समय लाग्ने उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरी टोली बाटोमा रहेको बताउँदै प्रहरी पुगेपछि थप विषय खुल्ने बताए । मिक्लाजुङमा विप्लव समूहको गतिविधि बाक्लो छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?