+
+
Shares

२ वर्षभित्र बिहे गर्छुः वर्षा सिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १४:३३

नायिका वर्षा सिवाकोटी विगत १ वर्षदेखि सविनजंग थापासँग प्रेममा छिन् । अमेरिकामा रहँदै आएका सविन र वर्षाको चिनजान आफन्तहरुको माध्यमबाट भएको हो । यसपछि, उनीहरुबीच कुराकानी हुँदै गयो ।

कसले पहिले प्रेम प्रस्ताव राख्यो त ?  वर्षा भन्छिन्–‘हामीले प्रेम प्रस्ताव नै राखेका छैनौ । कुराकानीका क्रममा एक अर्कासँग नजिक भयौं । मायाको अनुभुति हुन थाल्यो ।’

अमेरिकामा एक महिना बिताउँदा सविन र वर्षाले एक अर्काको आफन्तलाई समेत परिचित गराएका थिए । के बिहेको तयारी पनि गर्नुभएको हो भन्ने प्रश्नमा वर्षा भन्छिन्, ‘तत्काल त हाम्रो बिहे गर्ने सोच छैन । तर, २ वर्षभित्र हामी बिहे गर्छौं ।’

बिहे गरेपछि के गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्, ‘म बिहे गरे पनि चलचित्र क्षेत्र छाड्दिनँ ।’

सविन वर्षाको कलाकारिता यात्राबाट खुशी छन् । सविनले आफूलाई काम गर्न सधै प्रेरणा दिने वर्षाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?