 
																			२४ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ ।
विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।
उनको अन्तिम दाहासंस्कार आजै दाङको शङ्खेपिपलमा ११ बजे गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4