+
+
Shares

विप्लव समूहद्वारा हत्या गरिएका शिक्षकको शव धरान लगियो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १०:१८

२४ मंसिर, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

मंगलबार मोरङको मिक्लाजुङस्थित आफ्नै घरबाट अपहरण गरेर घाँटी रेटी हत्या गरिएका शिक्षक श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले अनलाइनखबरलाई बताए ।

उनका अनुसार सुरुमा गोली हानिएको खबर आए पनि प्रहरी अपराधस्थलमा पुगेपछि घाँटी काटिएको देखिएको छ । यद्यपि, घटनामा प्रयोग भएको हतियार भेटिएको छैन ।

खड्का आफैं पनि मंगलबार मोरङको विकट क्षेत्रमा भएको अपराधस्थलमा पुगेका थिए । भन्छन्, ‘त्यहाँको प्रकृति हेर्दा अपहरण गरेर लैजानेवित्तिकै हत्या गरेर भागेको जस्तो देखिएको छ ।’

मंगलबार साँझ नै समूहको मेची–कोशी व्युरो इञ्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै घटनाबारे जिम्मेवारी लिएका छन् । पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाउँदै सम्झाउन जाने क्रममा हतियार लिएर आइलागेकाले घटना भएको उसको दाबी छ ।

तर, प्रत्यक्षदर्शीले भने हतियारसहित आएका चार जनाले शिक्षक श्रेष्ठलाई लगेको देखेको बताएको छन् । प्रहरीले पनि समूहले हात बाँधेर हत्या गरेको पाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?