
२४ मंसिर, काठमाडौं । ललितपुरको प्रसिद्ध देवता रातो मछिन्द्रनाथलाई बुङ्मतीबाट पाटन ल्याइएको छ ।
ज्योतिषीले हेरेको साइतको अवसर पारेर बुधबार बुङ्मतीबाट मछिन्द्रनाथलाई पाटन ल्याइएको हो ।
हरेक वर्ष वर्षायाममा पाटनबाट सुरु हुने मछिन्द्रनाथको जात्रा बुङमती पुगेर सकिन्छ । त्यसपछि पुनः बुङमतीबाट रातो मछिन्द्रनाथलाई पाटन ल्याउने गरिन्छ ।
उपत्यकाको लामो जात्रा रातो मछिन्द्रनाथको जात्राको अवधि झण्डै ६ महिना हुन्छ । बुङ्मतीमा केही पर्व भए पनि पाटनमा ल्याएपछि नै रातो मछिन्द्रनाथको जात्रा शुरु भएको मानिन्छ । मछिन्द्रनाथको विभिन्न पूजाविधिका लागि ३१ पानेजु हुन्छन् । उनीहरुले विधिपूर्वक पूजा गरेर देवता पाटनमा ल्याउँछन् । पानेजुहरु पालैपालो देवता बोक्छन् ।
बुङ्मतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ । मछिन्द्रनाथलाई पाटन ल्याउनका लागि विभिन्न खालको तयारी गरिनछ । देवताको आवरण फेर्ने, शृङ्गार गर्नेलगायतका काम हुन्छ । त्यही दिन बिहान कर्ता, जजमान, पानेजु मिलेर मछिन्द्रनाथको विधिपूर्कक पूजा गर्छन् ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4