Comments Add Comment

भक्तपुर नगरपालिकामा पुसदेखि ८–१० कक्षाको पढाइ हुने

२५ मंसिर, काठमाडौं । भक्तपुर नगरपालिकाले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेको विद्यालय आगामी १ पुसदेखि सञ्चालन गर्ने भएको छ ।

कक्षा ८, ९ र १० का विद्यार्थीलाई आलोपालो प्रणालीबाट पढाउन अनुमति दिने निर्णय गरिएको नगर प्रमुख सुनील प्रजापतिले जानकारी दिए । उनका अनुसार नगरवासी अभिभावक, विद्यार्थी, शिक्षक—शिक्षिका, विद्यालय सञ्चालकलगायत सरोकारवालाहरूबाट प्राप्त राय सुझाव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम नगरभित्रका विद्यालयहरूमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना अनिवार्य गरिएको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयहरूले कक्षा सञ्चालन सम्बन्धमा विद्यालयहरूबाट विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसँग सरसल्लाह गरेको बैठकको निर्णयको फोटोकपीसहित मङ्सिर मसान्तभित्र विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गर्नुपर्ने प्रजापतिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment