+
+
Shares

शिक्षक श्रेष्ठको हत्यामा संलग्नलाई कारबाही गर्न जवाफदेहीता निगरानी समितिको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १७:०२

२५ मंसिर, काठमाडौं । जवाफदेहीता निगरानी समितिले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यारालाई कारबाही गर्न माग गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको गत सोमबार बिहानै अपहरणपछि हत्या भएको थियो । नेत्र विक्रम चन्द (विप्लव) समूहले हत्या आफूहरूले गरेको स्विकारेको छ ।

‘घटनाको तत्काल निश्पक्ष अनुसन्धान गर्न र नागरिकको बाँच्न पाउने अधिकार रक्षा गर्न सरकार समक्ष आग्रह गर्दछ’ समितिका संयोजक चरण प्रसाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडकहरूलाई न्यायको दायरामा ल्याउन तथा पीडित परिवारका लागि सुरक्षा, न्याय तथा क्षतिपूर्तिको अधिकार सुनिश्चित गर्न माग गर्दछ ।’

संविधानको धाराा १६ ले प्रत्याभूत गरेको मर्यादापूर्वक बाँच्न पाउने आधारभूत अधिकार र नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा ६ ले प्रत्याभूत गरेको बाँच्न पाउने अधिकार तथा अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजहरूको प्रतिकूल रहेको समितिको ठहर छ ।

नेपाली कांग्रेसले पनि आजै विज्ञप्तिमार्फत हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?