Comments Add Comment

खुन डाँका मुद्दाका प्रतिवादी १६ वर्षपछि पक्राउ

२५ मंसिर, जनकपुरधाम । महोत्तरी प्रहरीले १६ वर्षअघि खुन डाँका मुद्दामा संलग्न रहेका एकजनालाई पक्राउ गरेको छ ।

धनुषाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिका-२ का ६२ वर्षीय पवन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।

यादवलगायत १३ जनाले २०६१ भदौ २० गते राति तत्कालीन धिरापुर गाविस-९ (हाल मटिहानी नगरपालिका- ३) का मोवारक राइन, साबिक मटिहानी गाविस-९ (हाल मटिहानी नगरपालिका-८)का गौरीशंकर साहसमेत ९ जनाको घरबाट नगद तथा विभिन्न गरगहना गरी १० लाख बराबरको चोरी गरेको आरोप छ ।

सोही डाँका समूहले धारिलो हतियार प्रहार गरी तत्कालिन धिरापुर गाविस-९ का ३० वर्षीया मोवारक राइन कवाडीको हत्यासमेत गरेको प्रहरीको भनाइ छ ।

पवन पक्राउ परेपछि घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment