Comments Add Comment

टाटा मोटर्सले ‘डिसेम्बर ब्लेजिङ्ग एक्सचेञ्ज’ कार्यक्रम गर्दै

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले डिसेम्बर ब्लेजिङ्ग एक्सचेञ्ज कार्यक्रमकोे आयोजना गर्न लागेको छ ।

उक्त कार्यक्रम यहि मंसिर २६ देखि २७ गतेसम्म (११ डिसेम्बर देखि १२ डिसेम्बर, २०२०) सम्म थापाथली स्थित टाटा मोटर्सको शोरुममा आयोजना गर्न लागेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सकिनेछ ।

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, ५० हजार सम्मको एक्सचेञ्ज बोनस, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन् ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक शोरुममा पुगेर नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment