+
+

कैलाश हेलिकोप्टरलाई देशभरबाटै कोरोना बिरामीको उद्धार उडानका लागि अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते १४:४७

२६ मंसिर, काठमाडौं । कैलाश हेलिकोप्टर सार्भिसेसले नेपालभरिबाट कोरोना भाइरसका विरामीको उद्धार उडानको लागि अनुमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ संगठनको आवश्यक नीती निर्देशनको पालना गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाटउक्त अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीका दक्ष प्राविधिकको टोलीले सुरुवातदेखि नै खोज तथा उद्धार र अन्य अशक्त विरामीहरुको सफल उद्धार उडानको सेवा दिँदै आएको छ । कैलाश हेलिकप्टरले विश्व स्वास्थ संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको आवश्यक स्वास्थ सुरक्षा निर्देशनको पूर्ण पालना गर्दै आएको कम्पनीले जनाएको छ ।

कोरोना भाइरसका बिरामीलाई उपचारको लागि आवश्यक प्रतिष्ठित अस्पतालको स्वास्थ विज्ञहरुको टोली, कोभिड बिरामी बोक्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त कम्पनीद्वारा निर्मित प्यासेन्ट आइसोलेसन युनिट  तथा आवश्यक स्वास्थ समाग्री सहित संक्रमित कोभिडका विरामीहरुलाई नेपालभरिबाट आवश्यक सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै उद्धार उडान सेवाको लागि तयार रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?