Comments Add Comment

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

२६ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु  भएको छ ।

काठमाडौंका ३, ललितपुरका २ तथा कास्की र नवलपरासी पूर्वमा १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

  • काठमाडौंका ७७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । निमोनिया भएर २३ मंसिरमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २५ गते संक्रमण पुष्टि भएको छ ।
  • काठमाडौंका ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर १० मंसिरमा अस्पताल भर्ना भएका उनलाई १२ गते संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ६८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । निमोनिया भएर १८ मंसिरमा अस्पताल भर्ना भएका उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ६४ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । ९ मंसिरमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर २१ गते अस्पताल भर्ना भएका थिए ।
  • ललितपुरकी ७० वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । निमोनिया भएर १२ मंसिरमा अस्पताल पुगेकी थिइन् र सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • कावासोती नगरपालिका-१६, नवलपुरका ५२ वर्षीय पुरुषको शुक्रबार दिउँसो चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मंसिर १० गते संक्रमण पुष्टि भएका उनी १६ गते अस्पताल भर्ना भएका थिए । उनी मधुमेहका बिरामी थिए ।
  • पोखरा महानगरपालिका-१०, कास्कीका ७५ वर्षीय पुरुषको शुक्रबार बिहान पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment