
यस वर्षको ११.११ अभियानको सफलतापछि, नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ ।
उक्त अभियान २७ मंसिर मध्यरातदेखि ३ पुष (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छुटका साथ भाैचरहरू र बैंक कार्ड मार्फत् थप छुटकाे लाभ उठाउन सक्नेछन् । यस अभियानको लागि, सानिमा बैंक, माछापुछ्रे बैंक र सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड भएकाहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम रु १२१२) सम्मको छूट् पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
यसबाहेक, उपभोक्ताहरुले ‘मेगा गिभअवे’ को रूपमा रु ६९ हजार ९९९ को नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन् । सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरुले वान रुपी गेममा पनि भाग लिन सक्दछन्, जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरु मात्र रु १ मा जित्न सक्नेछन् ।
त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराज मार्फत लन्च गर्दैछ । उक्त फोनहरुमा इच्छुक खरीददारहरूले कार्ड मार्फत् १२ प्रतिशतको अतिरिक्त छूट्का साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्नेछन् ।
दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने, ‘दराज ११.११ दराज को लागि मात्र नभई विशेष गरी साना आकारका उद्यमहरू र स्थानीय बिक्रेताहरुको लागि एकदमै सफल अभियान रहेको थियो । हामी १२.१२ को साथ २०२० लाई सकारात्मक ढंगले टुंग्याउने आशा गर्दछौँ ।’
प्रतिक्रिया 4