+
+
Shares

कलंकी ट्रक दुर्घटना : थप दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २७ गते १५:५७

२७ मंसिर, काठमाडौं । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा घाइते भएका थप दुईको मृत्यु भएको छ ।

शनिबार बिहान घटनास्थलबाट ट्रक निकाल्ने क्रममा धादिङको थाँक्रेका ४२ वर्षीय राजु पौडेलको शव ट्रकमा च्यापिएको अवस्थामा भेटिएको छ । दुर्घटनामा घाइते भएका रञ्जितकुमार चौधरीको भने उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि घटनास्थलमै ओखलढुङ्गा घर भई सडकमा मागी हिँड्ने शङ्कर परियारको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका रामचन्द्र सिंखडा, सुमन मानन्धर, विशाल श्रेष्ठ, गणेश शर्मा, साजन खत्री, सन्ध्या थिङ र रामबहादुर खरालको उपचार जारी छ ।

हेटौंडाबाट सिमेन्ट बोकेर आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको ट्रक अनियन्त्रित भई स्कुटर, साइकल, मोटरसाइकल, ट्याक्सी र गाडीलार्इ ठक्कर दिनुका साथै कलङ्कीस्थित कालिका पेट्रोलपम्प नजिक ओरालोबाट पर्खाल भत्काउँदै घरमा ठोक्किन पुगेको थियो । परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ब्रेक फेल भएर ट्रक दुर्घटना भएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?