Comments Add Comment

हिमालय क्षेत्रको महत्व चिन्न विश्व समुदायलाई ओलीको आग्रह

२८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्रको पर्यावरण सन्तुलन कायम राख्न हिमालय क्षेत्रको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । साथै, हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्नसमेत उनले आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

चिलीको नेतृत्वमा फ्रान्स, इटली, बेलायत र संयुक्त राष्ट्रसंघले संयुक्त रुपमा सो सम्मेलन आयोजना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कोभिड–१९ को कारणले हामीले कोप–२६ पछि सार्नु परेको छ तर सफा र हरियाली पृथ्वीको हाम्रो आकांक्षालाई हामी सार्न सक्दैनौं ।’

ओलीले नेपालले पेरिस सम्झौतालाई पूर्णरुपमा समर्थन गर्ने र तापमान वृद्धिलाई १.५ डिग्री राख्ने लक्ष्यलाई समर्थन गर्ने बताए । उनले सन् २०३० दित्र सबै स्थानीय सरकारमा जलवायु अनुकूलनका कार्यक्रम सन्चालन गर्नेसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment