Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली आएपछि बैठक सुरु भएको हो ।

स्थायी कमिटी बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिं लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यसअघिको बैठकमा आफू सहभागी नहुने भनी पत्र पठाएका थिए । आइतबार भने उनी सहभागी भएपछि बैठक सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment