+
+

बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १४:३१

२८ मंसिर, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बाँके र डोटीका एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानरपालिका- ४ का ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान साढे ३ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा थप समस्या आएपछि उनलाई मंसिर २७ गते भर्ना गरिएको थियो ।

यसैगरी डोटीको दिपायल सिलगडी-५ का ४९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार साँझ ६:४५ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज मेडिकल कलेजमा मंसिर २६ गते कोरोना परीक्षण गर्दा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएकै दिन आईसीयू कक्षमा राखेर उनको उपचार थालिए पनि सोही दिन साँझ उनको मृत्यु भएको वलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?