Comments Add Comment

फुटबल टिमले थाल्यो विश्वकप छनोटको तयारी

फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । विश्वकप फुटबल छनोटका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण आइतबारदेखि सुरु भएको छ ।

चैतमा खेल हुने तय भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनका अनुसार कोभिडका कारण धेरै खेलाडीलाई प्रशिक्षणमा बोलाउनु परेको बताए ।

उनका अनुसार पहिलो, दोस्रो, तेस्रो र फाइनल गरी चार चरणबाट अन्तिम टिम तयार गरिनेछ । विश्वकपको एसियन छनोटमा नेपालले चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग खेल्नेछ ।

प्रतिस्पर्धी टिमहरु नेपालभन्दा राम्रो वरियताको टिम भएपछि घरेलु मैदानमा हुने खेलमा सबैले राम्रो नजिताको अपेक्षा गरेको कार्यवाहक मुख्य प्रशिक्षक महर्जनले बताए । उनले भने, ‘विगतको भन्दा राम्रो नजिताको अपेक्षा गरेको छु ।’

राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । विश्वकप छनौटका लागि पर्याप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने उनको विश्वास छ ।

समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई छन् । अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल तीन अंक सहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment