२९ मंसिर, काठमाडौं । बायर लेभरकुजन जर्मन बुण्डेसलिगाको शीर्ष स्थानमा उलेको छ । लिओन बेलीको दुई गोल मद्दतमा होफेनहेइमलाई ४-१ ले पराजित गर्दै लेभरकुजन शीर्ष स्थानमा उक्लेको हो ।
घरेलु मैदान बे एरेनामा भएको खेलमा लेभरकुजनले दुवै हाफमा २-२ गोल गरेको थियो । दोस्रो हाफमा होफेनहेइमका दुई खेलाडी रातो कार्ड पाउ मैदान बाहिरिएका थिए ।
बेलीले चौथो मिनेटमै गोल गर्दै लेभरकुजनलाई अग्रता दिलाएका थिए । २७औ मिनेटमा बेलीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
५०औं मिनेटमा क्रिस्टोफर बाउमगाटनरले होफेनहेइमका लागि गोल गर्दै खेलमा फर्काउने प्रायस गरे । तर ५५औं मिनेटमा फ्लोरिन विट्जले गोल गर्दै लेभरकुजनलाई ३-१ को अग्रता दिलाए ।
६४औं मिनेटमा होफेनहेइमका फ्लोरिन ग्रिलिस रातो कार्ड पाउ मैदान बाहिरिए । यस्तै ७९औं मिनेमा स्टेफान पोस पनि रातो कार्ड पाउदै मैदान बाहिरिएपछि होफेनहेइम ९ खेलाडीमा समेटिएको थियो ।
इन्जुरी टाइममा लुकास अलारियोले पेनाल्टीमा गोल गरेपछि लेभरकुजनले सहज जित हात पारेको हो ।
जितपछि ११ खेलबाट २५ अङ्कं जोडेको लेभरकुजनले बायर्न म्युनिख र आरबी लाइपजिगलाई पछि पार्दै शीर्ष स्थानमा छलाङ मारेको हो । बार्यन र लाइपजिगको समान २४ अंक छ ।
प्रतिक्रिया 4