Comments Add Comment

‘तलब कटौती स्वीकार गरेनन् भने मेस्सीले बार्सिलोना छाड्छ्न्’

२९ मंसिर, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका नयाँ अध्यक्षका उम्मेदवार एमिली रुसार्डले तलब कटौती स्वीकार कप्तान लिओनल मेस्सीले क्लब छाड्ने टिप्पणी गरेका छन् ।

सन् २०१९-२० मा मेस्सीले क्लब छाड्न चाहेका थिए । ६ पटकको बालोन डि’ओर विजेता मेस्सीलाई प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र फ्रेन्च लिग वान क्लब पिएसजीले अनुबन्धन गर्नसक्ने चर्चा थियो ।

तर ७०० मिलियन रिलिज क्लजका कारण उनले क्लब छोड्न सकेनन् र यो सिजन बार्सिलोनामै बस्ने निर्णय लिए ।

क्लबका अध्यक्षा जोसेफ मारिया बार्तामेउले पनि राजीनामा दिए । सन् २०२१ जनवरी २४ मा हुने निर्वाचनमा अध्यक्षको उम्मेदवार रहेका रुसार्डले मेस्सीको भविष्यमा बारेमा आफ्नो धारणा व्यक्त गरेका हुन् ।

‘हामीले मेस्सीसँग बस्नुपर्नेछ र तलब कटौती गर्न सोध्नुपर्नेछ,’ रुसार्डले एआरएलाई भने, ‘हामी उनलाई त्यागका लागि अनुरोध गर्नेछौं । यदि कुनै सहमति भएन भने मेस्सीले क्लब छाड्नेछन् ।’

लेजेन्ड मेस्सीलाई क्लबमा राख्न सक्दो प्रयास गर्ने तर क्लबको बास्वतिकतालाई पनि बुझ्नुपर्ने उनले बताएका छन् ।

मेस्सीले एक मात्र गोलको मदतमा बार्सिलोनाले आइतबार ला लिगामा लेभान्टेलाई १-० ले पारजित गरेको थियो । च्याम्पियन्स लिगमा युभेन्ट्स र ला लिगामा काडिजसँग पराजित भएपछि बार्सिलोनाले पहिलो जित हात पारेको हो ।

बुधबार क्याम्प नोउमा बार्सिलोनाले सोसिडाडसँग खेल्दैछ र क्याटलान क्लबलाई अंङ्क दूरी कम पार्ने अवसर छ ।

मेस्सीले आफ्नो करियरमा लेभान्टे विरुद्ध २२ गोल र १५ असिस्ट गरेका छन् । जुन मेस्सीले ला लिगामा गरेको कुनै पनि क्लब विरुद्ध भन्दा बढी हो । ३३ वर्षीय मेस्सीले ला लिगामा ४४९ गोल गरिसकेका छन् र युरोपको शीर्ष पाँच लिगमा एउटै क्लबका लागि ४५० गोल गर्ने पहिलो खेलाडी बन्नबाट एक गोल टाढा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment