Comments Add Comment

बीबीएल खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

३० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पीनर सन्दीप लामिछाने अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्नका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

सन्दीप बिहान ११ बजे कतार एअरवेजबाट अष्ट्रेलिया प्रस्थान गरेका हुन् । अष्ट्रेलियामा बिग बास लिग यसअघि नै सुरु भइसकेको भएपनि सन्दीप भने आज मात्र अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

सन्दीपले यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट लिग खेल्दैछन् । यसअघि दुई सिजन उनले मेलवर्न स्टार्सबाट खेलेका थिए । जहाँ उनले दुई सिजनमा कूल २६ विकेट लिएका थिए ।

सन्दीप बुधबार अष्ट्रेलियाको एडेलेइड पुग्नेछन् । अष्ट्रेलियन सरकारको नियम अनुसार विदेशबाट गएका खेलाडी त्यहाँ १४ दिन क्वारेन्टिन बस्नुपर्नेछ । सन्दीपले पनि त्यो नियम पालना गर्नुपर्नेछ र त्यसपछि होबार्टसँग जोइन हुनेछन् ।

यसक्रममा सन्दीपले होबार्टको कूल ६ खेल गुमाउने छन् । होबार्टले दुई खेल खेलिसकेको छ । मंगलबारै होबार्टले आफ्नो तेस्रो खेल खेल्दैछ । होबार्टले सुरुवाती दुई खेलमा जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment