+
+
Shares

दाङको पत्रेखोलामा पुल निर्माण शुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते ११:११

३० मंसिर, दाङ । दाङको पत्रेखोलामा पुल निर्माणको काम पुनः शुरु भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा पर्ने पत्रेखोला पुलको पुनः डिजाइन स्वीकृत भएर आएपछि निर्माण शुरु भएको हो ।

पुलको सुपरस्ट्रक्चर डिजाइन स्वीकृत भएर आएपछि अहिले पुल ढलानको काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर अमिर सुवेदीले बताए ।

यसअघि सोही खोलामा दुईवटा पिलर मात्रै निर्माण गरिएको थियो । विसं २०७३ मा पुलको सुपरस्ट्रक्चर नमिलेको भन्दै पुनः पुलको डिजाइन गर्नुपर्ने भएपछि पुल निर्माणको काम रोकिएको थियो । यही पुसमा काम सक्नुपर्ने भए पनि कोरोनाका कारणले काम शुरु हुन नसकेकाले छ महिनाका लागि पुनः म्याद थप गरिएको छ ।

दुई वर्षभित्र पुल निर्माणको काम सक्ने गरी विसं २०७१ असोज ११ गते निर्माण कम्पनी शङ्करमाली निर्माण सेवाले ठेक्का सम्झौता पाएको भए पनि पटक–पटक म्याद थप गर्दा पनि पुल निर्माणको काम अघि बढ्न सकेको थिएन । अहिले पनि पुनः शङ्करमालीले नै निर्माणको जिम्मा पाएको छ ।

सोही पुल निर्माणका लागि रु साढे चार करोड बजेट रहेको छ । पुल निर्माण नहुँदा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ । बर्खामा बाढी आएमा आवतजावत नै ठप्प हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?