Comments Add Comment

यस्तो छ सुदूरपश्चिममा कोरोनाको अवस्था

१० प्रतिशतमा संक्रमण

३० मंसिर, डोटी  । सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २४ हजार ३८९ जनाको स्वाव परीक्षण भएको छ । परीक्षण भएकामध्ये १२ हजार चार ४८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको करिब १० प्रतिशत हुन आउँछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेशमा ६ वटा स्वाव परीक्षण प्रयोगशाला रहेका छन् । सेती प्रादेशिक प्रयोगशालामा हालसम्म ६८ हजार सात सय पाँच जनाको स्वाव परीक्षण गरिएको छ । यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा २१ हजार ८५३, डोटी अस्पतालको प्रयोगशालामा ६ हजार ९१९, बैतडी अस्पतालको प्रयोगशालामा दुई हजार चार सय २१, बझाङ अस्पतालको प्रयोगशालामा चार हजार आठ सय ४५ र अछाम कमलबजार प्रयोगशालामा तीन हजार एक सय सात जनाको नमुना परीक्षण भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तीन सय १८ जना र कर्णाली प्रयोगशालामा तीन हजार १०७ जनाको स्वाव परीक्षण गरिएको निर्देशनालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

४६ जनाको मृत्यु

आइतबार कैलालीका ५५ वर्षीया एक महिला र कञ्चनपुरका ७५ वर्षाीया एक महिलाको मुत्यृ भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४६ पुगेको छ । यो संख्या प्रदेशमा पुष्टि भएका कुल संक्रमित संख्याको ०.३ प्रतिशत हुन आउँछ ।

हालसम्म कैलालीमा सबैभन्दा बढी २५ जनाले ज्यान गुमाएका छन् । यस्तै कञ्चनपुर-मा सात, बझाङ र डडेल्धुरामा तीन/तीनजनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु पर्‍यो । अछाम, बाजुरा र दार्चुलामा दुई/दुईजनाले कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । डोटी र बैतडीमा एक/एक जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

आइसोलेनमा २२४९

सोमबार साँझसम्मको तथ्याङ्कअनुसार सुदूरपश्चिममा दुई हजार २४९ जना आइसोलेसनमा रहेका छन् । कञ्चनपुरमा एक सय ५०, डोटीमा ७५, डडेल्धुरामा ३८ र कैलालीमा ३५ जना विभिन्न अस्ताल तथा स्थानीय तहहरुले तयार गरेका आइसोलेसनमा रहेका छन् ।

यस्तै अछाममा २८ र बझाङमा २२ जना पनि आइसोलेसनमा रहेका छन् । अन्य एक हजार नौ सय जना घरमै आइसोलेसनमा रहेका निर्देशनालयले जनाएको छ । सोमबारसम्म सातजना आईसीयू र तीन जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

२३८२ सक्रिय संक्रमित

सोमवारसम्मको तथ्याङ्क हेर्दा यस प्रदेशमा दुई हजार तीन सय ८२ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार सोमबारमात्रै कैलालीमा ४४, अछाममा १०, बझाङमा पाँच, डडेल्धुरामा दुई, कञ्चनपुरमा आठ र बाजुरामा एक गरी ७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कैलालीमा पाँच सय ८६, अछाममा ३५५, बझाङमा ३४२ र दार्चुलामा २५७ सक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै कञ्चनपुरमा २१०, डोटीमा १८९, डडेल्धुरामा २५७ बैतडीमा ११४ र बाजुरामा ३५ जना सक्रिय संक्रमितहरु रहेका छन् । हालसम्म १० हजार २० जना कोरोनामुक्त भएका छन् ।

एक सातामा ६३२ संक्रमित थपिए

गएको एक सातामा यस प्रदेशमा ६३२ जना नयाँ संक्रमित थपिएका छन् ।

गत २५ गते साताकै सबैभन्दा बढी १४५ वना संक्रमित थपिएका छन् । यस्तै २४ गते १२३ जना र २७ गते १०७ जना संक्रमित थपिएका छन् ।

यसैगरी २३ गते ५९, २६ गते ५८, २८ गते ६९ र सोमवार ७० जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्गले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment