+
+

हिल्सा नाकाबाट सामग्री ढुवानी सुरु

रासस रासस
२०७७ मंसिर ३० गते १२:०७

३० मङ्सिर, सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु गरिएको छ ।

करिब ९ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर ८ वटा टिपरले खाद्यान्न ल्याउन थालेका हुन् । सदरमुकाम सिमकोटबाट गएका टिपर हिल्सा पुगेर सोमबार फिर्ता भएका छन् ।

यही मङ्सिरको पहिलो साता नारा र यारी लेकमा परेको हिउँ स्थानीयवासीले बेल्चाको सहायताले पन्छाएपछि गाडी हिल्सा पुगेर फिर्ता भएको दोर्जे लामाले जानकारी दिए ।

उनका अनुसार कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गत वर्ष हिल्सामै टिपर रोकिएका थिए । ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए । सिमकोटमा रहेका पसलमा समेत चिनियाँ सामग्री अभाव रहेको थियो ।

यस्तै चीनबाट लकडाउनपछि पहिलो पटक १२ वटा गाडीले हिल्सासम्म पुगेर सामग्री पुर्‍याएका थिए । नाम्खा गाउँपालिकाको पहलमा वडा नं १ देखि वडा नं ५ सम्मका स्थानीयवासीको आवश्यकता पूरा गर्न चिनियाँ दूतावाससँगको समन्वयमा सामान आयात भएको हो । दैनिक उपभोग्य बस्तु लत्ताकपडा चीनको ताक्लाकोट हुँदै हिल्सा पुगेका छन् ।

एक वर्षदेखि ताक्लाकोटमा रहेका व्यापारीले दुई करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायतका सामान खरिद गरेका थिए । उनीहरुले गाडीमा सामान ढुवानी गरेर नेपाल पठाएको ताक्लाकोटमा रहेका कैलाश व्यापार महासङ्घका उपाध्यक्ष पेमा लामाले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?