Comments Add Comment

के फिल्मीकर्मीले कर तिर्दैनन् ?

नेपाली चलचित्र बजारमा कलाकारको महंगो पारिश्रमिक, चलचित्रको लोभलाग्दो कमाई, हल संचालकहरुको आम्दानीको बिषयमा थुप्रै समाचार बन्छन् । तर, चलचित्रकर्मीहरुले कर नै तिर्दैनन् भन्ने बिषयमा पनि पटक–पटक बहस हुने गरेको छ ।

के चलचित्रकर्मीले कर नै तिर्दैनन् त ? चलचित्र संघले आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार, निर्माता, निर्देशक तथा संघका महासचिव अशोक शर्माले चलचित्र क्षेत्रले राज्यलाई सबैभन्दा बढी कर वुझाउने गरेको दाबी गरे ।

अशोकले भने–‘चलचित्र क्षेत्रले कर तिरेन भनेर कोही अगाडि आउन सक्छ । राज्यलाई सबैभन्दा बढी कर तिर्ने नै चलचित्र क्षेत्र हो ।’

विदेशी चलचित्रबाट चलचित्र विकास बोर्डले १५ प्रतिशत चलचित्र विकास शुल्क लिदै आएको छ । चलचित्र विकास बोर्ड संचालनको मुख्य आधार नै यही कर हो ।

यस्तै, चलचित्रलाई १३ प्रतिशत भ्याट, ५ प्रतिशत स्थानिय कर सरकारले लिदै आएको छ । यस्तै, १३ प्रतिशत मुल्य अभिवृद्धि कर पनि चलचित्रकर्मीले तिर्दै आएका छन् । निर्माता तथा निर्देशक शर्माले, चलचित्र क्षेत्रले कर तिर्दैन भनेर अनावश्यक बहस गर्नु भन्दा पनि वास्तविकता वुझ्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment