+
+
Shares

‘वास्तविक उखु किसान होइनन् भन्नेले माइतीघरमा आएर कागजपत्र हेरुन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १४:०३

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उखु किसानहरुको माग सम्बोधनका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताएका छन् ।

बक्यौता रकम दिलाइदिन माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका उखु किसानहरुको आन्दोलनमा समर्थन जनाउन पुगेका शर्माले समस्या समाधान गर्न सरकारले तत्काल समन्वय गनुृपर्ने बताए । तर सरकारका एक मन्त्रीले ‘माइतीघरमा धर्नामा बसेकाहरु वास्तविक किसान होइनन्’ भनेको आफूले सुनेको भन्दै उनले भने, ‘सरकारले कमिसनवालालाई चिन्ने, किसानलाई नचिन्ने दिन आएछ ।’

जाडोमा काठमाडौंको सडकमा बस्ने रहर कसैलाई नभएको भन्दै उनले भने, ‘किसान होइन भन्नेहरुले माइतीघरमा आएर कागजपत्र हेरुन् ।’

प्रवक्ता शर्माले माइतीघरमा धर्नामा बसेकाहरु बास्तविक किसान होइनन्’ भन्ने सरकारको धारणा हो कि होइन प्रष्ट पार्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?