Comments Add Comment

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

३० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् ।

प्रधानमन्त्रीले सोमबार बोलाएको संवैधानिक परिषदको बैठक कोरम नपुगेर स्थगित भएको थियो । त्यसपछि मंगलबार विहान बोलाएको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

दोस्रो पटक बोलाएको बैठक कोरम नपुगेर स्थगित भएकै दिन बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ५ सदस्य उपस्थित नभए बैठक बस्न नसक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment