+
+
Shares

जापानका ‘ट्वीटर किलर’ लाई मृत्युदण्डको फैसला

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १४:३४

३० मंसिर, काठमाडौं । ट्वीटरबाट सम्पर्क गर्दै ९ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई जापानमा मृत्युदण्डको सजाय सुनाइएको छ । सन् २०१७ मा पक्राउ परेका ताकाहिरो शिराइसीलाई उक्त हत्या काण्डमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको हो ।

शिराइसी ‘ट्वीटर किलर’ उपनामले कुख्यात बनेका थिए । गत अक्टोबरमा उनले आफूमाथिको अभियोग स्वीकार गरेको जापानका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनले हत्या गरेकामध्ये अधिकांश भर्खरका युवती छन् ।

३० वर्षीय अभियुक्तले युवतीहरुलाई ट्वीटरमार्फत साथी बनाउने र उनीहरुलाई आफ्नो घरमा बोलाएर आत्महत्याका लागि प्रेरित गर्ने गर्थे । तनावमा रहेका युवतीहरुलाई सहज आत्महत्याका लागि सघाउने मात्र होइन, कि उनीहरुसँगै आफू पनि मर्ने वाचा उनले गर्थे ।

सन् २०१७ को हालोविनमा प्रहरीले टोकियो नजिक रहेको शहर जामास्थित शिराइसीको फ्ल्याटमा अंगभंग भएको शव फेला परेका थिए । यसअघि उनका वकिलहरुले सम्वन्धित युवतीहरुकै इच्छामा उनीहरुलाई हत्या गरेको भनेर सजाय घटाउनुपर्ने मत राखेका थिए । तर, पछि शिराइसीले उनीहरुको हत्या गरेको स्वीकार गरे ।

अदालतले यस मामलामा पूर्णरुपमा शिराइसीलाई जिम्मेवार ठहर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?