Comments Add Comment

हल संचालकहरुको एकतर्फी निर्णयप्रति सरकार सकारात्मक

हलहरुको छाता संगठन चलचित्र संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एकतर्फी रुपमा पौष १० गतेबाट हल खोल्ने निर्णय गर्यो । सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि उनीहरुले आन्दोलनको घोषणा नै गरे । जसअनुसार, सरकारले कुनै निर्णय नगरेपछि पौष १० गतेबाट हल खोल्ने निर्णय गरिएको थियो ।

चलचित्र संघका महासचिव अशोक शर्माले हल खोल्दा सरकारले बल प्रयोग गरेको खण्डमा गिरफ्तारी दिन तयार रहेको बताएका थिए ।

यो पनि पढ्नुहोस पुस १० गतेदेखि फिल्म हल खोल्ने व्यवसायीको घोषणा

तर, सरकारले भने चलचित्र संघको निर्णयलाई सकारात्मक रुपमा लिएको वुझिएको छ । संचारमन्त्रालय उच्च श्रोतका अनुसार, पौष १० गतेबाट हल खोल्न दिने सरकारको मनस्थिती छ । हल संचालकहरुको निर्णयलाई सरकारले सकारात्मक रुपमा लिएको श्रोतले जानकारी दियो ।

सरकारले चाडै नै हल सुचारु गर्ने बिषयमा सरोकारवालाहरुसँग बसेर छलफल गरेर निर्णय गर्ने बताउँदै आएको छ । संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले पनि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीसँगको भेटमा चाडै नै हल सुचारु गर्ने बिषयमा निर्णय गर्ने बताएका थिए ।

तर, पौष १० गतेबाट व्यवसायीहरुले हल संचालन गरेपनि सरकारले बल प्रयोग नगर्ने वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment