Comments Add Comment

विजय गच्छदारले बुझेनन् ललिता निवास प्रकरणको म्याद

३० मंसिर, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले म्याद बुझ्न अस्विकार गरेका छन् ।

विशेष अदालतले नौ महिना पहिले जिल्ला अदालतमार्फत जारी गरेको म्याद गच्छदारले बुझ्न नमानेका हुन् । विशेषले १९ फागुन २०७६ मा उनको नाममा म्याद जारी गरेको थियो ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले म्याद तामेली नभएको पुष्टि गरे । उनी भन्छन्, ‘उहाँको म्याद तामेल भएको छैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छादार सहित १७५ जना विरुद्ध विशेष अदालतलाई आरोपपत्र दर्ता गरेको थियो । उनले उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री भएका बेला सरकारी र सार्वजनिक जग्गामा मोही कायम गराउने प्रस्ताव लगेका थिए ।

२०५३ साल यता मोही कायम हुँदैन । गैरकानुनी प्रस्ताव लगेर उनले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । गच्छदारले भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार समेत मिचेका थिए ।

गच्छदार मन्त्री हुँदा भौतिक योजना सचिव रहेका दिप बन्स्यान्तलाई भने विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment