१ पुस, काठमाडौं । नेपालले विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिज २०२१ मार्चमा खेल्ने भएको छ । नेपाल ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुनेछ ।
कोरोना महामारीका कारण स्थगित भएको विश्वकप लिग २ अन्तर्गत विभिन्न सिरिजको आईसीसीले नयाँ खेल तालिका प्रकाशित गरेको हो । नयाँ तालिका अनुसार यस्तै नेपालले २०२१ जुलाई स्कटल्याण्ड र नामिबिया सम्मिलित सिरिज खेल्नेछ ।
नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासहित पहिलो लिग २ सिरिज खेलेको थियो । जसका नेपालले दुई खेल जित्दा दुईमा हार बेहोरेको थियो ।
यस्तै, सन् २०२२ को फेब्रुअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्यु गिनी र युएईसँग सिरिज खेल्नेछ । नेपालले सन् २०२२ मार्चमा नामिविया भ्रमण गर्नेछ जहाँ स्कटल्याण्डसहित सिरिज हुनेछ ।
सन् २०२२ को जुलाईमा नेपाल र ओमानले अमेरिकामा अर्को सिरिज खेल्नेछ । यस्तै सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म नेपालले पीएनजीमा नेपालले खेल्नेछ ।
सन् २०२३ म नेपालले नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज घरेलु मैदानमा खेल्नेछ । लिग २ अन्तर्गत अन्तिम सिरिज नेपालले सन् २०२३ को फेब्रुअरीमा युएईमा खेल्नेछ । जहाँ नेपालले पीएनजी र युएईसँग खेल्नेछ ।
लिग २ को सिरिजहरूपछि शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकपको मुख्य छनोटको लागि स्थान बनाउने छन् ।
विश्वकपको लागि अन्तिम छनोट २०२३ जुन १८ देखि जुलाइ ९ सम्म जिम्बावेमा हुने आईसीसीले जनाएको छ । जहाँ१० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टिम विश्वकपमा पुग्नेछन् ।
प्रतिक्रिया 4