+
+
Shares

कर्णालीमा साढे ९४ हजारको पीसीआर परीक्षण, ७.५ प्रतिशतमा संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १५:३९

१ पुस, सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ९४ हजारभन्दा बढीको स्वाब परीक्षण भएको छ । प्रदेशका चारवटा प्रयोगशालामा ९४ हजार ५१५ जनाको स्वाब लिएर पीसीआर परीक्षण गरेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसरा परीक्षण भएकामध्ये ७ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको ७.५ प्रतिशत हुन आउँछ ।

प्रदेशमा कुल संक्रमितको ७३ प्रतिशत पुरुष रहेका छन भने २७ प्रतिशल महिला रहेका छन् ।

हालसम्म प्रदेशमा ६ वटा स्वाब परीक्षण प्रयोगशाला छन् । कर्णालीमा प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ४९ हजार १२५ जनाको स्वाव परीक्षण गरिएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २७ हजार ९५५, दैलेख अस्पताल प्रयोगशालामा ६ हजार ८३०, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम प्रयोगशालामा १० हजार ३८४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको छ ।

साथै, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुईजना र कमलबजार प्रयोगशाला अछामबाट ८९ जनाको नमुना परीक्षण गरिएको महाशाखाले जनाएको छ ।

प्रदेशमा कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या २२ पुगेको छ । यो संख्या प्रदेशमा पुष्टि भएका कुल संक्रमित संख्याको ०.३ प्रतिशत हुन आउँछ । हालसम्म सुर्खेतमा सबैभन्दा बढी १२ जनाले ज्यान गुमाएको महाशाखाले जनाएको छ ।

यस्तै दैलेखमा पाँचजना, डोल्पा, कालीकोट र रुकुम पश्चिमका एक/एकजना र अन्य प्रदेशका दुईजनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । लैंगिक आधारमा १६ जना पुरुष र ६ जना महिला रहेका छन् ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा २९५ जना सक्रिय संक्रमितहरु रहेका छन् । जस्मध्ये सबैभन्दा धेरै सल्यानमा १२७ जना रहेका छन् । त्यस्तै सुर्खेतमा ९९ जना, रुकुम पश्चिममा २२ जना, जुम्लामा १८ जना, हुम्लामा ११ जना, जाजरकोटमा १० जना, दैलेखमा ६ जना, डोल्पा र मुगुमा एक/एकजना रहेका छन् । कालिकोटमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

महाशाखाद्वारा जारी प्रेस विज्ञप्तिमा कर्णालीमा हालसम्म ६ हजार ६७५ जनाले कोरोनाविरुद्धको लडाइँ जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?