
१ पुस, काठमाडौं । भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरू सञ्चालनमा आएका छन् । बुधबारदेखि पालिकाभित्रका विद्यालयहरू सुरक्षा मापदण्ड पालना गरेर सञ्चालनमा ल्याइएको नगर प्रमुख सुनील प्रजापतिले जानकारी दिए ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन आवश्यक सतर्कता अपनाइएको सम्बद्धहरू बताउँछन् । विद्यार्थी निकेतनकी प्रधानाध्यापक सर्जनी जोशी कक्षा कोठामा हावा आवतजावत कम होला भनेर विद्यार्थीलाई चौरमा पढाएको बताउँछिन् ।
ह्वाइट बोर्ड प्रयोग गर्ने बेलामा बाहेक घाम तापेर कक्षा बाहिर राखेर पढाइएको उनले जानकारी दिइन् । उनी भन्छिन्, ‘नगरपालिकाको निर्णय अनुसार एक दिनमा बढीमा १०० विद्यार्थी बोलाएका छौं ।’
मास्क, साबुन पानी, सेनिटाइजर र भौतिक दूरी अनिवार्य गरिएको प्रधानाध्यापक जोशीले जानकारी दिइन् । अभिभावकहरू पनि विरामी विद्यार्थीलाई विद्यालय नपठाउन राजी भएको उनको भनाइ छ । विद्यार्थीहरूलाई आलोपालो गरी विद्यालय बोलाइएको छ ।
प्रतिक्रिया 4