
१ पुस, जनकपुरधाम । प्रदेश २ मा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।
बुधबार प्रदेशका प्रमुख तिलक परियारले विधेयक प्रमाणीकरण गरेका छन् । यो विधेयक प्रदेश सभाबाट पारित भएर २ महिनाअघि प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि आएको थियो ।
प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको उक्त कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको रुपमा परियार आएपछि योसहित १४ वटा विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेशमा प्रमाणीकरण हुने विधेयकको संख्या ३६ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4