Comments Add Comment

‘माया बस्छ कि के हो’को फस्टलुक र गीत सार्वजनिक

चलचित्र ‘माया बस्छ कि के हो’को फस्टलुक सार्वजनिक भएको छ । राजु अधिकारीले निर्देशन गरेको यो चलचित्रको फस्टलुक र शिर्ष गीत काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको हो । यो चलचित्रमा नव–कलाकारद्धय सोनाल तामाङ र कस्मत निरौलाको मुख्य भूमिका छ । चलचित्रको फस्टलुकमा पनि यी दुई कलाकारलाई देख्न सकिन्छ ।

शरद अधिकारीको प्रस्तुतिमा बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको चलचित्रको कथा आरती अधिकारीले लेखेकी हुन् । चलचित्रको प्रदर्शन मिति हल खुलेसँगै सार्वजनिक गरिने निर्माताले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक अधिकारीले आफू सधै नै गुणस्तरीय चलचित्रको पक्षमा रहेको बताउँदै ‘माया बस्छ कि के हो’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनले कथाको माग अनुसार नै चलचित्रको छायांकन बेल्जियम, स्वीजरल्याण्ड, र नेदरल्याण्डका बिभिन्न स्थानमा गरिएको जानकारी दिए । प्रस्तुतकर्ता शरदले युवा पुस्तालाई लक्षित गरिएको भए तापनि ‘माया बस्छ कि के हो’ ले आम दर्शकको मन छुनेमा आशावादी रहेको बताए ।

कलाकारद्धय सोनाल र कस्मिताले चलचित्रबाट दर्शकको माया पाउने विश्वास व्यक्त गरे ।

बिपीन मल्लले सम्पादन गरेको चलचित्रमा सोनाल र कस्मताका साथमा उपेन्द्र थापा,नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment