Comments Add Comment

चन्द्रमाको नमुना लिएर फर्कियो चीनको चाङ ई–५ यान

Photo Credit : SHUTTERSTOCK

२ पुस, काठमाडौं । चीनले चन्द्रमामा पठाएको अन्तरिक्ष यान चाङ ई–५ ले चन्द्रमाको नमुना ल्याएको छ । यससँगै चन्द्रमाको नमुना पृथ्वीमा ल्याउने अमेरिका र रुसपछि चीन तेस्रो मुलुक बनेको छ । चीनले अहिले ल्याएको चन्द्रमाको सतहको नमुनाले चन्द्रमाको विषयमा थप जानकारी मिल्नेछ । चीनको चाङ ई–५ यान स्थानीय समयअनुसार करिब साढे १ बजे राति मंगोलियाको भित्री क्षेत्रमा अवतरण भएको हो । यो यानले चन्द्रमाको सतहको दुई किलो नमुना पृथ्वीमा ल्याएको हो । अन्तरिक्षमा पछिल्लो समय आफ्नो क्षमता बढाइरहेको चीनको लागि यो एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।

पछिल्लो सात वर्षमा यो चीनको तेस्रो चन्द्रमा मिसन हो । गत नोभेम्बर २४ मा चीनको चाङ ई–५ लाई अन्तरिक्षमा पठाएको थियो । डिसेम्बर १ मा यो यानले चन्द्रमामा सफल अवतरण गरेको थियो । चन्द्रमामा अवतरण गरेपछि यानले चन्द्रमाको रंगीन तस्वीर पनि पठाएको थियो । यसअघि सन् २०१९ र २०१३ मा पनि चीनले चन्द्रमामा अन्तरिक्ष यान पठाएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment