Comments Add Comment

उखु किसानको बटमलाइन : भुक्तानी नपाएसम्म आन्दोलन

सरकारी कोषबाट भुक्तानी देऊ

२ पुस, काठमाडौं । आन्दोलनरत उखु किसानले आफूहरुको आन्दोलनको दुई बुँदे बटमलाइन अघि सारेका छन् ।

सरकारले वार्तामा बोलाई पठाएको पत्रको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई जवाफ लेखी किसानहरुले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने बताएका छन् ।

उनीहरुले सरकारी कोषबाट आफूहरुको रकम भुक्तानी गरिदिने वा उद्योगीले रकम नदिएसम्म आन्दोलन जारी राख्ने शर्त अघि सारेका हुन् ।

किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले पत्रमा भनेका छन् ‘प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने त्यस कोषबाट किसानहरुलाई बाँकी बक्यौता रकम भुक्तानी गरियोस् र त्यो सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले ब्याजसहित असुल उपर गरी भुक्तानी गरियोस् ।’

उनले मन्त्रालयले उद्योगीहरुबाट कुन मितिसम्म भुक्तानी गराउने हो, त्यो मितिसम्म किसानहरु सडकमै शान्तिपूर्ण आन्दोलनमा बस्ने उल्लेख गरेका छन् ।

अध्यक्ष रायले यी दुई शर्तमध्ये सरकारले कुनै एउटा बाटो रोज्ने वातावरण बनाइदिन र ठोस वार्ताको वातावरण बनाउन आग्रह गरेका छन् । उनले भनेका छन्‘ किसानहरु वार्ताका विरोधी होइनन्, परिणाममुखी वार्ता गर्न चाहेका छन् ।’

विभिन्न उखु उद्योगबाट भुक्तानी लिन बाँकी करिब ९० करोड रुपैयाँ पाउनुपर्ने माग गर्दै उखु किसान ५ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।

हेर्नुहोस् पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment