
२ पुस, काठमाडौं । कास्कीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा अन्नपूर्ण गाउँपालिका-३ का ६८ वर्षीय पुरुषको बिहीबार बिहान ४:१५ बजे मृत्यु भएको हो । उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4