Comments Add Comment

भारत २४४ रनमा अलआउट, स्टार्कले लिए ४ विकेट

३ पुस, काठमाडौं । बोर्डर गावास्कर ट्रफी अन्तर्गत अस्ट्रेलिया विरुद्धको पहिलो टेष्टको पहिलो इनिङ्समा भारत शुक्रबार २४४ रनमा अलआउट भएको छ । २३३(६ बाट दोस्रो दिनको खेल अघि बढाएको भारतले थप ११ रन जोड्दा बाँकी ४ विकेट गुमाएको हो । स्टार्क र कमिङ्सले दोस्रो दिन थप २-२ विकेट लिए ।

ऋद्दिमन शाह ९ र रविचन्द्र आश्विन १५ ले दिनको खेल अघि बढाएका थिए । तर दुवै खेल कुनै रन नजोड्दै आउट भए । प्याट कमिङ्सले आश्विन र मिचेल स्टार्कले शाहको विकेट लिए । दुवैलाई विकेटकिपर टिम पेनले क्याचआउट गरे ।

यस्तै उमेश यादव ६ रन बनाएर आउट भए भने मोहम्मद शामीले खाता खोल्न सकेनन् । उमेशलाई स्टार्कले म्याथ्यु वेडबाट क्याचआउट गराए भने शामीलाई कमिङ्सले ट्रेभिस हेटबाट क्याचआउट गराए ।

पहिलो इनिङ्समा भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७४ रन बनाउदा चेतेश्वर पुजाराले ४३ र अजिन्का रहानेले ४२ रन जोडे ।

अस्ट्रेलियाका लागि स्टार्कले ४, कमिङ्सले ३ तथा जोस हाजलउड र नाथन लियोनले १-१ विकेट लिए ।

अस्ट्रेलियाले शुक्रबारै आफ्नो पहिलो इनिङ्स सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment