Comments Add Comment

आयुष्मानको जन्मदिनमा प्रियंकाको मन छुने सन्देश

चलचित्र ‘चपली हाइट २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशीले बिहिबार आफ्नो जन्मदिन मनाए । वि.सं २०४९ साल पौष २ गते जन्मिएका आयुष्मान देशराज जोशीलाई नायिका प्रियंका कार्कीले दिएको शुभकामना भने विशेष रह्यो ।

गतबर्ष आयुष्मानसँग बिहे गरेकी प्रियंकाले शुभकामना दिदै लेखेकी छिन्–‘तिम्रो प्रेमिकाबाट श्रीमतीको रुपमा भएको मेरो परिवर्तन जिन्दगीको सबैभन्दा सुन्दर यात्रा हो । मेरो प्यारो श्रीमान् निकै नै प्रिय जीवनसाथी भएकोमा तिमीलाई धन्यवाद । मसँग आफ्नो मुटु साटेकोमा धन्यवाद ।’

प्रियंकाले आयुष्मानसँग जीवन साट्न पाएकोमा आफू निकै नै खुशी रहेको उल्लेख गरेकी छिन् । आयुष्मान र प्रियंका केही समय प्रेम सम्बन्धमा रहेर बैबाहिक जीवनमा बाँधिएका थिए । उनीहरुले लकडाउनको समयमा आफ्नै युटुब च्यानलमा बढी समय दिए ।

चलचित्र ‘चंगाचेट, कथा काठमाण्डु, प्रेम दिवस, सानो मन’ लगायतका चलचित्रमा अभिनय गरेका आयुष्मानको चलचित्र करिअर भने खासै सुखद देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment