Comments Add Comment

पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ ?

पूर्वीय दर्शनमा मोक्षलाई नै सर्वोच्च स्थान मानिएको छ । तर मोक्ष के हो र कस्तो अवस्थालाई मोक्षावस्था भनिन्छ भन्नेबारे धेरैमा अन्यौल देखिन्छ । मोक्ष जीवनकालमा नै पाइन्छ या मृत्युपछि मात्रै हुन्छ । मोक्ष प्राप्तिपछि कस्तो अवस्था हुन्छ र मोक्ष प्राप्त नहुँदा के हुन्छ ? भन्ने कुरा धेरैको जिज्ञासाको विषय हुन सक्छ ।

पूर्वीय दर्शनले मोक्षलाई फरकफरक ढंगले व्याख्या गरेको छ । पूर्वीय दर्शनका छ आस्तिक (वेदलाई मान्ने) र तीन नास्तिक (वेदलाई नमान्ने) दर्शनहरू छन् । यी दर्शनहरूमध्ये केहीले मोक्ष जीवनकालमा नै पाइन्छ भनेका छन् भने केहीले यसको लागि मृत्युपर्यन्त कुर्नुपर्छ भन्ने मान्यता छ ।

मोक्षको अवस्था भनेको दीर्घकालीन सुखको अवस्था हो । मान्छेले जतिपनि सत् कर्महरु गर्छ ती सबै मोक्ष प्राप्तिको लागि गर्छ भन्ने शास्त्रीय मान्यता छ । तर मोक्ष के हो ? भन्ने बारेमा भने पूर्वीय दर्शनमा छुट्टाछुट्टै शाखाको छुट्टाछुट्टै मत रहने गर्छ । त्यसमध्ये मुख्य दर्शनमा रहेको मौक्षको अवस्थालाई निम्नानुसार व्याख्या गर्ने गरिएको छ ।

सांख्य-योग

सांख्य एवं योग दर्शनमा मोक्षको अर्थ तीन प्रकारको दुखहरुबाट छुटकारा पाउनु हो । तीन प्रकारको दुस्ख भनेको आधिभौतिक (सर्पले डस्नु, कुकुरले टोक्नु, दुर्घटना हुनु आदि), आधिदैविक (भूक्षय, बाढी, पहिरो आदि० र आध्यात्मिक ९चिन्ता, तनाव, बेचैनी आदि) हो । बन्धनको मुख्य कारण अविवेक हो । पुरुष (परब्रह्म परमात्मा) प्रकृति एवं उसको विकृतिबाट भिन्न छ। परन्तु अज्ञानवश पुरुष यसलाई आफ्नो स्वरूप सम्झिने गर्छ । जब मान्छेले विकृतिलाई नै आफ्नो स्वरूप सम्झिन्छ भने त्यसले दुःख उत्पन्न गराउँछ, मान्छे जन्म-मरणको चक्रमा घुम्छ । अर्कोतर्फ मोक्षको अर्थ हो- पुरुषलाई आफ्नो वास्तविक स्वरूपको ज्ञान हुनु । यसरी आत्माको वास्तविक स्वरूपको हामीलाई ज्ञान भयो भने मान्छे जन्म र मरणको चक्र एवं दु:खको निवृत्ति मिल्ने गर्छ । यस विवेकी ज्ञानको प्राप्ति योग साधनाबाट सम्भव हुन्छ। सांख्य दर्शनका अनुसार कैवल्य (मोक्ष) तीन प्रकारको हुन्छ आत्यन्तिक निवृत्ति मात्र हो । यसैको विषयमा संस्कृतमा एउटा सूत्र छ – आत्यन्तिको दुस्खत्रयाभाव: कैवल्यम्।

न्याय-वैशेषिक

न्याय वैशेषिकमा मोक्षलाई अपवर्ग तथा निस्श्रेयस समेत भन्ने पनि गरिन्छ। न्याय एवं वैशेषिक दर्शन मोक्षको वा दुस्खको आत्यन्तिक निवृत्तिको अवस्था हो ।  महर्षि गौतम भन्छन्– तदत्यन्तविमोक्षोक्पवर्गस् । किन्तु न्याय वैशेषिक दर्शनमा मोक्षको आनन्दको अवस्था मानिएको छैन । न्याय वैशेषिकका अनुसार मोक्षावस्थामा आत्मा अचेतन हुन्छ भनिएको छ । किनकि चेतना आत्माको आगन्तुक गुण हो । आत्मामा चेतना त्यतिबेला आउँछ, जब आत्माको सम्बन्ध शरीरसँग हुन्छ । मोक्षावस्थामा आत्मा शरीरसँग अलक हुन्छ । त्यसकारण मोक्षको अवस्था अचेतन अवस्था हो । न्याय वैशेषिक दर्शनमा परम निस्श्रेयसको प्राप्ति मृत्युपछि मात्रै हुन्छ । न्याय र वैशेषिक दर्शनले केवल विदेह मुक्तिलाई मात्रै प्राथमिकता दिने गरेका छन् । जीवन मुक्ति अर्थात् जीवित हुँदै प्राप्त गर्ने मुक्ति, जुन महात्मा बुद्ध, शंकराचार्य आदिले प्राप्त गरेका थिए भन्ने मानिन्छ । यही जीवन मुक्तिको बारेमा सांख्य एवं योग दर्शनले पनि सहमति जनाएको छ । यस्तो मोक्षको प्राप्ति तत्वज्ञानबाट मात्रै सम्भव हुन्छ जिसको लागि श्रवण, मननको साधना आवश्यक हुन्छ ।

अद्वैत वेदान्तमा मोक्ष

शंकराचार्यको अद्वैतवेदान्तमा समेत मोक्षको प्राप्ति नै जीवनको परम पुरुषार्थ हो । शंकराचार्य आत्मा र ब्रह्मलाई अद्वैत मान्छन् । आत्मा नै ब्रह्म हुन् । यसकारण ब्रह्म रूपमा उनी दुःखबाट सर्वथा पर छ । किन्तु अज्ञानवश आफ्नो स्वरूपलाई भुलेर सुख दुःखको चक्रमा भ्रमण गरिरहन्छ । यसकारण शंकराचार्यका अनुसार मोक्षको अर्थ हो आत्मा आफ्नो वास्तविक स्वरूपमा अवस्थित हुनु ।

अज्ञान या अविद्याका कारण जीवात्मा आफ्नो वास्तविक ब्रह्मस्वरूपलाई भुलेर दुःख भोग्नेगर्छ । यस अज्ञानताबाट प्राप्त हुने मुक्ति नै मोक्ष हो– अविद्या: निवृत्ति: एवं मोक्ष: शंकराचार्य जीवन मुक्ति र विदेह मुक्ति गरी मोक्षको यी दुई रूपलाई स्वीकार गर्ने गर्छन् । जीवित रहँदारहँदै ज्ञान प्राप्त हुनु जीवन मुक्ति हो । विदेह मुक्ति मृत्युपछि उपलब्ध हुन्छ । मोक्ष प्राप्तिको मार्ग ज्ञान योगको मार्ग हो ।  ज्ञानात् एव मुक्ति: अर्थात् ज्ञानबाट नै मुक्ति प्राप्ति हुन्छ । शंकराचार्य के अनुसार आत्मा वस्तुत: मुक्त चिज हो । मोक्ष प्राप्ति भनेको नै आत्म स्वरूपको ज्ञान भएको अवस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment