+
+
Shares

माइतीघरमा प्रदर्शन गर्न खोज्ने निकोलस भुसालसहित थप दुईजना पक्राउ

पक्राउ पर्नेमा डा. निकोलस भुसाल, एसपी साह छन् । यसअघि प्रहरीले सञ्जि दाहाललाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माइतीघरमा प्रदर्शन गर्न खोज्ने आरोपमा डा. निकोलस भुसाल र एसपी साहलाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
  • प्रदर्शनकारीहरू माइतीघर नयाँ बानेश्वर क्षेत्रमा पुगेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा कडा पारिएको छ।

२३ असोज, काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डा. निकोलस भुसाल, एसपी साह छन् । यसअघि प्रहरीले सञ्जि दाहाललाई पक्राउ गरेको थियो । यो सँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?