Comments Add Comment

‘भिटामिन डीले कोरोनाबाट बचाउन सहयोग गर्दैन’

३ पुस, काठमाडौं । भिटामिन डी प्राप्त हुने खानेकुराले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न कुनै सहयोग पुग्छ भन्ने प्रमाण नपाइएको विशेषज्ञहरुले बताएका छन् ।

बेलायतका विभिन्न संस्थाका डाक्टरहरुले गरेको अनुसन्धानको क्रममा यस्तो पाइएको हो । यद्यपि यस विषयमा थप अनुसन्धान जरुरी रहेको उनीहरुको भनाइ छ । अनुसन्धानमा सहभागी डाक्टरहरुको समुहमा नेशनल इस्टिच्युट फर हेल्थ एण्ड केयर एक्सिलेन्स, पब्लिक हेल्थ इंगल्याण्ड र साइन्टिफिक एडभाइजरी कमिटी अन नुट्रिसनका डाक्टरहरु थिए ।

यद्यपि डाक्टरहरुले दैनिकरुपमा भिटामिन डी लिन मानिसहरुलाई सुझाव दिएका छन् । यसले मानिसको हड्डी र मांसपेशीलाई स्वस्थ राख्न सहयोग पुग्ने उनीहरुको भनाइ छ । बेलायतमा यो भिटामिन अति आवश्यक भएकाहरुलाई भिटामिन डी निशुल्क वितरण गरिँदै आएको छ ।

स्वास्थ्य अधिकारीहरुले गरेको भिटामिन डी र कोरोना भाइरसबारे समीक्षा र एक लघु अध्ययनमा भिटामिन डीको सकारात्मक असर शरीरको रोग प्रतिरोधक क्षमतामा पर्ने र यसले श्वासप्रश्वासमा आक्रमण गर्ने भाइरससँग लड्न सहयोग पनि गर्न सक्ने पाइएको थियो । यद्यपि शोधकर्ताहरुका अनुसार यो भिटामिनले कोरोना भाइरसलाई रोक्न सक्ने वा त्यसको उपचारमा सहयोग हुने किसिमको ‘पर्याप्त प्रमाण नभएको’ बताएका छन् ।

स्वास्थ्य जानकारहरुका अनुसार कुनै पनि निष्कर्षमा पुग्न यस विषयमा उच्च स्तरीय परीक्षण गरिनु जरुरी छ । नेशनल इन्स्टिच्युट फर हेल्थ केयर एक्सिलेन्सका सेन्टर फर गाइडलाइन्सका निर्देशक डाक्टर पाल क्रिस्पले आफूहरुले यो अध्ययनको नतिजाको समीक्षा गरिरहेको र आवश्यक परेको अवस्थामा निर्देशिका जारी गर्न पनि सकिने बताएका छन् ।

लन्डनको क्विन्स मेरी युनिभर्सिटीका प्राध्यापक एड्रियन मार्टन्यूले भिटामिन डीको कारण कोरोनाको जोखिम कम गर्नमा सहयोग गर्ने सम्भावना रहेको बताए । अहिले यस विषयमा भइरहेको अनुसन्धानले यसबारे थप जानकारीका लागि थप सहयोग पुग्ने अपेक्षा छ ।

भिटामिन डीको आवश्यकता किन ?

जाडोको मौसममा अतिरिक्त भिटामिन डी लिनु निकै जरुरी छ । किनकी कोरोना भाइरसको कारण यस वर्ष मानिसहरुले अधिकांश समय घरभित्र बिताएका छन्, त्यसैले उनीहरुले पर्याप्त मात्रामा घामको प्रकाशबाट भिटामिन डी पाउन सकेका छैनन् । सूर्यको प्रकाश भिटामिन डीको मुख्य स्रोत हो । यद्यपि भिटामिन डी पाउने अन्य स्रोतहरु पनि छन् ।

गर्मीमा पर्याप्त मात्रामा भिटामिन डी नपाएका मानिसहरुका लागि उनीहरुलाई स्वास्थ्यको जोखिम बढी हुन्छ । आफ्नो घरबाट बाहिर ननिस्किने र बाहिर निस्किँदा पनि पूरै शरीर ढाक्ने कपडा लगाउने मानिसहरुलाई पनि भिटामिन डीको कमी हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment