Comments Add Comment

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा करिब ४५ मिनेट कुराकानी भएको बालुवाटार निकटर स्रोतले जानकारी दिएको छ ।

ओलीसँग भेटवार्ता गर्न सवा पाँच बजेतिर बालुवाटार पुगेका प्रचण्ड साढे ६ बजे फर्किए । भेटमा पार्टी विवादबारे नै छलफल जनाइएको छ । विहीबार पनि ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो ।

तर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभई परिषदको बैठक बोलाइएकाले आपत्ति जनाउन प्रचण्ड बालुवाटार गएका थिए । त्यसपछि परिषद्को बैठक रोकिएको थियो ।

यसबाहेक ओली र प्रचण्ड बीच थप कुराकानी हुन सकेको छैन । पुस १ मा अध्यादेश र समावेदन फिर्ता लिने निर्णय गरेर स्थगित भएको स्थायी कमिटी बैठक पर्सि (आइतबार) बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment